सिरी ए: नापोलीमाथि इन्टर मिलानकाे सहज जित, लुकाकुले गरे दुई गोल

इन्टर मिलानले इटालियन सिरी ए मा नापोलीमाथि सहज जित हासिल गरेको छ।

सोमबार सम्पन्न खेलमा मिलानले नापोलीमाथि ३-१ गोल अन्तरले जित हासिल गरेको हो।

मिलानको जितमा रोमेलु लुकाकुले दुई गोल गरेका थिए भने लाउटारो मार्टीनेजले एक गोल गरेका थिए। त्यस्तै नापोलीका लागि अर्काडिउस्ज मिलिकले एक गोल गरे।

खेलको १४ औं मिनेटमा नै लुकाकुलृ मिलानलाई अग्रता दिलाएका थिए। यस्तै उनले ३२ औं मिनेटमा दोस्रो गोल गर्दा मिलानले खेलमा २–० को अग्रता बनायो। तर ३९ औं मिनेटमा नापोलीले गोल गर्यने। उसका लागि मिलिकले गोल गर्दै खेल २–१ मा झारे। 

पहिलो हाफ २–१ को अग्रता बनाएको मिलानले दोस्रो हाफमा थप एक गोल गर्यो। खेलको ६२ औं मिनेटमा मार्टीनेजले गोल गर्दै जित दिलाए।

यो जितसँगै इन्टरको १८ खेलमा ४५ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ। युभेन्टस ४५ अंकसहितनै गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ।

त्यस्तै नापोली १८ खेलमा २४ अंकसहित लिगको आठौ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-01-07 20:15:12

प्रतिकृया दिनुहोस्