ए डिभिजन लिग: हिमालयन शेर्पासँग फ्रेन्ड्स बराबरीमा रोकियाे 

बिएल संवाददाता

काठमाडाै‌ं

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब बराबरीमा रोकिएका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।

दुवै टोलीले केहि उत्कृष्ट गोलको अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

लिगमा ३ अंक जोडेको शेर्पा १२ औं स्थानमा रहेको छ। २ अंक जोडेको फ्रेन्ड्स १३ औं स्थानमा रहेको छ।
 

प्रकाशित मिति: : 2020-01-08 05:34:52

प्रतिकृया दिनुहोस्