न्युयोर्कमा सरकारी ट्रकले लियो एक नेपाली बालकको ज्यान

सन्जोग आचार्य

न्युयोर्क, अमेरिका

अमेरिकाको न्युयोर्क सहरस्थित कोरोनामा एक दश बर्षिय नेपाली बालकको अकालमा ज्यान गएको छ । 

स्थानीय बिश्वबहादुर शाहका अनुसार मृतकको नाम श्रीजल पन्थी हो । उनी कोरोनास्थित लेफ्राक सिटीमा बसोबास गर्दै आएका अगुवा सामाजिक कार्यकर्ता पुरूषोत्तम पन्थीका छोरा हुन् । 

मंगलबार विहान फोहोर उठाउने सरकारी ट्रकले ठक्कर दिएका पन्थीको उपचारको क्रममा निधन भएको हो । 
ट्रकको ठक्करबाट बालककी आमा मीना पन्थी पनि घाइते भएकी छिन्। खुट्टामा चोट लागेको पन्थीको कुइन्सको एलमस्र्ट अस्पतालमा उपचार भइरहेको छ ।

न्युयोर्कका मेयर बिल डे ब्लाजिओले  बालकको मृत्यु भएकोमा दु:ख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् । 

पन्थीको निधनबाट न्युयोर्कस्थित नेपाली समुदाय स्तव्ध भएको छ । समुदायका अगुवाहरूले मृतक वालकको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । 

न्युयोर्क सिटीको फोहोर उठाउने ट्रकको ठक्करबाट वालकको मृत्यु भएकाले घटनालाई न्युयोर्क सहरका पदाधिकारीले पनि गम्भीरतापूर्वक लिएका छन्। मेयर बिल डे ब्लाजिओले दु:ख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् । 

प्रकाशित मिति: : 2020-01-08 16:54:47

प्रतिकृया दिनुहोस्