थाइल्याण्डको एक संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई निलम्बित गरेको छ। केही समयअघि थाई प्रधानमन्त्री सिनवात्रा र कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनबीच भएको टेलिफोन कुराकानी लीक भएपछि उनी विवादमा तानिएकी थिइन्।
प्रधानमन्त्री सिनावात्राले आफ्नै देशको सैन्य प्रमुखको आलोचना गर्दै उक्त टेलिफोन वार्तामा सेनलाई ‘काका’ भनेर सम्बोधन गरेकी थिइन्। यो अडिओ लीक भएपछि लाखौं थाई नागरिकले उनको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए।
उनका सत्ता साझेदारहरूले पनि समर्थन फिर्ता लिएपछि उनको सरकार अल्पमतमा परेको थियो। अदालतमा उनको बर्खास्तीकै माग गरिएको थियो। तर अहिलेका लागि निलम्बन गरिएको र मुद्दा बिचाराधीन रहेको अदालतले जनाएको छ।