इरानमा १८० यात्रु सवार युक्रेनी विमान दुर्घटना

एजेन्सी

काठमाडाै‌ं

इरानमा युक्रेनी विमान दुर्घटना भएको छ । यूकेनियन बोइङ ७३७ जहाँज दुर्घटना भएको हो। विमानमा १८० जना  यात्रु सवार रहेको बीबीसीले उल्लेख गरेको छ।

दुर्घटनाको कारण मौसम भनिएपनि पूर्ण विवरण आउनु बाँकी छ। तेहरानको इमाम खोमेनि विमानस्थलबाट उडान शुरु गरेको केहिबेरमै दुर्घटना भएको स्थानीय समाचार माध्यमले जनाएका छन्।

सो दुर्घटनाको सम्बन्ध अहिलेको इरान-अमेरिका तनावसँग रहे नरहेको स्पष्ट छैन।

बोइङ जहाज पटक–पटक दुर्घटना हुन थालेपछि हालै बोइङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेनिस मिलेनबर्गलाई बर्खास्त गरिएको थियो।

पाँच महिनाको अन्तरालमा इन्डोनेसिया र इथोपियामा भएका अघिल्ला दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो। अनुसन्धानको क्रममा विमानको एमसीसी भनिने स्वचालित कन्ट्रोल सिस्टमलाई दुर्घटनाको कारण मानिएको थियो। 

प्रकाशित मिति: : 2020-01-08 22:59:21

प्रतिकृया दिनुहोस्