ए डिभिजन लिग: एपीएफ र संकटा तथा आर्मी र सरस्वती भिड्ने

बिएल संवाददाता

काठमाडाै‌ं

सहिद स्मारक ए डिभिजन लिगको पाचौँ चरणको अन्तिम खेल बिहिबार हुँदैछन्।

पहिलो खेलमा विभागीय क्लब एपीएफ र गत सिजनको उपविजेता संकटा क्लब भिड्नेछन्। दोस्रो खेलमा आर्मीले तालिकाको पुछारमा रहेको सरस्वती क्लबसँग खेल्नेछ। दशरथ रंगशालामा हुने संकटा र एपीएफबीचको पहिलो खेल मध्यान्न १२ बजे सुरु हुनेछ।

सोही स्थानमा आर्मी र सरस्वती दिउँसो ३ बजे भिड्नेछन्।

एपीएफ रेलिगेशन जोनकै नजिक रहेको छ। लिगमा ४ खेलबाट संकटा र एपीएफले जम्मा एक जित मात्रै दर्ता गराएको छन्। दुवै टिमको समान ४ अंक रहेको छ।

लिगमा ४ खेल खेलेका आर्मीको ९ अंक रहेको छ। सरस्वती भने रेलिगेशन जोनबाट बच्ने दाउमा छ। लिगमा ४ खेल खेलेको उसले कुनै अंक जोड्न सकेको छैन । सरस्वती तालिकको पुछारमा छ। रेलिगेशनबाट बच्न सरस्वतीलाई जितको विकल्प छैन।
 

प्रकाशित मिति: : 2020-01-09 21:28:01

प्रतिकृया दिनुहोस्