ए डिभिजन लिग: पाँचौँ चरणको खेलमा समाप्त, मनाङलाई पन्छ्याउँदै आर्मी शीर्ष स्थानमा

बिएल संवाददाता

काठमाडाै‌ं

त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ चरणको अन्तिम खेलमा सरस्वती युथ क्लबलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको हो।

आर्मीको जितमा जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गरे। उनले खेलको ३० औं मिनेटमा दिनेश हेन्जनको पासमा गोल गरेका थिए।

लिगमा आर्मीको चौंथो जित हो। जितसँगै शीर्ष स्थानमा उक्लिएकोआर्मीले ५ खेलमा १२ अंक जोडेको छ।

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबको ५ खेलमा ११ अंक रहेको छ। मनाङ दाेस्राे स्थानमा रहेकाे छ।

सरस्वतीको यो लगातार पाँचौं हार हो । उसले खाता खेलन सकेको छैन्।
 

प्रकाशित मिति: : 2020-01-10 06:53:05

प्रतिकृया दिनुहोस्