आयोजक न्यु डायमण्ड र पुलिस सेमिफाइनलमा

आयोजक न्यु डायमण्ड क्लब र नेपाल पुलिस क्लब न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। 

बालाजु बसपार्क नजिकको भलिबल कोर्टमा बिहीबार समूह चरणका दुवै खेलमा पराजित हुँदै ढोरपाटन स्पोर्टस क्लब भने जारी प्रतियोगिताबाट बाहिरिएको छ।

बिहीबार पुलिससँग पराजित भएको ढोरपाटन दिउँसो न्यु डायमण्डसँग हारेको थियो। पुलिसले ढोरपाटनमाथि २५–१२, २७–२५ र २५–१० को जित निकालेको थियो। अर्को खेलमा न्यू डायमण्डले ढोरपाटनलाई २५–५,२५–१२ र २५–११ ले हराएको थियो।

समूह ‘बी’ मा अब पुलिस र न्यू डायमण्डको नजिताले समूह विजेता र उप विजेताको टुंगो लाग्ने । यी दुई टोलीबीच बुधबार चौथो सेटमा पुगेर वर्षाका कारण खेल रद्द भएको थियो।

बिहीबार नै भएको अर्को खेलमा नेपाल त्रिभुवन आर्मी क्लबले पोखराको टप्स माविलाई सहजै हरायो। आर्मी २५–१३,२५–१६ र २७–७ ले विजयी भएको थियो। समूह ‘ए’ मा आर्मीको यो दोस्रो जित हो।

बुधबार पारामाउन्टलाई हराएको थियो। टप्सको भने यो दोस्रो हार हो। त्यस्तै बिहीबार भएको एपीएफ र आर्मीबिचको अर्को खेल भने एक सेट खेलाएर स्थगित गरिएको छ। साँझ परेपछि उक्त खेल शुक्रबार दिउँसो दुई बजे खेलाइएने भएको हो।

प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन्।
 

प्रकाशित मिति: : 2020-01-10 10:26:59

प्रतिकृया दिनुहोस्