सुपरकप: बार्सिलोनालाई धक्का,मड्रिड डर्बि फाइनल खेल्ने पक्का !

एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ। बिहिबार राति भएको सेमिफाईनलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ गाेल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो। 

मड्रिडको जितमा कोकी क्लिनिक,अल्भरो मोराटा र एन्जिल कोरियाले एक एक गोल गरे। यता बार्सिलोनाका लागि कप्तान लिओनल मेसी र एन्टोनी ग्रिजम्यानले एक एक गोल गरेपनि हात टार्न सकेनन्।

४६ औं मिनेटमा कोकी ले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए।

मेसीले ५१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए। लगत्तै एन्टोनी ग्रिजम्यानले ६२ औं बार्सालाई अग्रता दिलाएका थिए।

 मोराटाले ८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याए।

खेल सकिन ४ मिनेट बाँकी छँदा कोरियाले गोल गर्दै बार्सिलोनालाई धक्का दिए।

एट्लेटिकोले अब उपाधिका लागि रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। रियलले बुधबार भ्यालेन्सियालाई हराउँदै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ।

 

प्रकाशित मिति: : 2020-01-10 19:26:28

प्रतिकृया दिनुहोस्