माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा

गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वको अवसरमा विदा दिने निर्णय गरेको हो। 

शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले गएको वर्षमा पनि प्रदेश सरकारले माघी पर्वको बेला  सार्वजनिक विदा दिएको बाताउँदै यसपपटक पनि निरन्तरता दिएको बताए। 

यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान विधेयक स्वीकृत गरी प्रदेश सभामा पेश गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए । 

प्रकाशित मिति: : 2020-01-11 03:45:50

प्रतिकृया दिनुहोस्