बर्नलीमाथि चेल्सीकाे फराकिलाे जित

इङ्लिश प्रिमियर लिगमा चेल्सीले बर्नलीमाथि फराकिलो जित निकालेको छ। गएराति चेल्सीले बर्नलीमाथि ३-० गोल अन्तरको  सहज जित निकालेको हो।

चेल्सीलाई जिताउन जोर्जिन्हो, टामी अब्राहीम र कल्लुम हड्सन ओड़ोइले समान एक-एक गोल गरे।

घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा खेलको २७ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि ३८ औं मिनेटमा अब्राहमको गोलमा चेल्सीले दुई शून्यको अग्रता बनायो । पहिलो हाफमा दुई शून्यको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा एक गोल थप्यो। यसपटक ४९ औं मिनेटमा हुड्सोन ओडेइले गोल गरे ।

त्यसपछि बाँकी समयमा दुबै टिमबाट गोल हुन सकेन र चेल्सीले तीन शून्यको जित निकाल्यो ।

जितपछि चेल्सी २२ खेलमा १२औं जित निकाल्दै ३९ अंकसहित लिगको चौथो स्थानमा रहेको छ ।

त्यस्तै बर्नलीको भने २२ खेलमा २४ अंकसहित लिगको १५औ स्थानमा रहेको छ ।      

यता गएराति नै टोटनह्यामलाई हराउँदै  लिभरपुलले २१ खेलबाट ६१ अंकसहित तालिकाको शीर्ष स्थानमा १६ अंकको अग्रता बनाएको छ।

दोस्रो स्थानमा रहेको लेस्टर सिटी एक खेल बढी खेले पनि लिभरपुलभन्दा १६ अंकले पछाडि छ। यस्तै तेस्रो स्थानमा रहेको म्यान्चेष्टर सिटीले ४४ अंक जोड्दा ३४ अंक जोडेको म्यान्चेष्टर युनाइटेड तालिकाको पाँचौ स्थानमा छ।

प्रकाशित मिति: : 2020-01-12 20:57:59

प्रतिकृया दिनुहोस्