नाेर्विचबिरुद्ध युनाइटेडकाे सहज जित

इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले नवौ जित निकालेको छ। गएराति भएको खेलमा नर्विच सिटीमाथि चार शून्यको शानदार जित निकाल्दै युनाइटेड तालिकाको पाँचौ स्थानमा कायमै रहेको छ।

लिग कपमा म्यानचेस्टर सिटीसँग पराजित भएर आलोचित भएको युनाइटेडले नोर्वीच विरुद्ध सहज जित हात पारेको हो।

युनाइटेडको जितमा मार्कस राशफोर्डले दुई गोल गरे भने एन्टोनी मार्सियल र मसं ग्रीनवुडले एक एक गोल गरेका थिए ।

युनाइटेडले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा तीन गोल थपेको थियो।

खेलको २७ औं मिनेटमा रासफोर्डले युनाइेटडका लागि सुरूवाती गोल गरेका थिए।

पहिलो हाफमा एक शून्यको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा तीन गोल थप्यो। ५२ औं मिनेटमा रासफोर्डले नै पेनाल्टी मार्फत गोल गर्दै अन्तर दुई शून्यमा पुर्‍याए।

त्यसको दुई मिनेटपछि एन्टोइन मार्टियलले गोल गर्दै अग्रता तेब्बर बनाए। ७६ औं मिनेटमा ग्रिनउडले गोल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाए।

जितसँगै युनाइटेडले २२ खेलमा ३४ अंक सहित पाँचौ स्थानमा छ।

त्यस्तै नर्विच भने यस सिजनमा २२ खेलमा १४औं हार बेहोरेदै लिगको पुछारमा रहेको छ।

यता गएराति नै टोटनह्यामलाई हराउँदै  लिभरपुलले २१ खेलबाट ६१ अंकसहित तालिकाको शीर्ष स्थानमा १६ अंकको अग्रता बनाएको छ।

दोस्रो स्थानमा रहेको लेस्टर सिटी एक खेल बढी खेले पनि लिभरपुलभन्दा १६ अंकले पछाडि छ। यस्तै तेस्रो स्थानमा रहेको म्यान्चेष्टर सिटीले ४४ अंक जोड्दा चेल्सी २२ खेलमा १२औं जित निकाल्दै ३९ अंकसहित चौथो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-01-12 21:05:58

प्रतिकृया दिनुहोस्