पानीघट्टामा पानी ट्याकीमा भएको अनियमितताको छानवीन हुनुपर्छः गोरामुमो

गोरामुमो जनचेतना संघर्ष समितिकी अध्यक्ष मन्जिला तामाङ ठेकेदारले आफूहरूलाई झुक्याएको बताउँछिन्।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) जनचेतना संघर्ष समितिले दार्जीलिङको पानीघट्टास्थित सौरेणी समष्टीअन्तर्गत पुटुङ्गमा ठेकेदारको चरम लापरवाहीका कारण स्थानीयले भोग्नु परेको पानीको समस्यालाई लिएर विरोध जनाएको छ। 

सन् २०१८ मा पुटुङमा पब्लिक हेल्थ इन्जिनियरिङ (पिएचई) को जल परियोजनाअन्तर्गत एउटा पानी ट्याकीको निर्माण भएको थियो। करिब २ सय घरलाई पानी उपलब्ध गराउने उद्देश्यअनुरुप ट्याकी निर्माण कार्य भएको हो। तर, अहिले ट्याकी निर्माण भइसक्दा पनि त्यसमा पानी छैन। जुन ठाउँबाट पानी आउनु पर्ने हो त्यहा पाइप बिछाइएको छैन। 

पुरानै ट्याकीबाट पानी आइरहेको छ। स्थानीयहरू पानीको समस्याका कारण नयाँ ट्याकी निर्माण गर्नु परेको बताउँछन्। उनीहरू नयाँ सोर्सबाट पानी ल्याउनु पर्ने त्यो नभएको आरोप लगाउँछन्। 

गोरामुमो जनचेतना संघर्ष समितिकी अध्यक्ष मन्जिला तामाङ ठेकेदारले आफूहरूलाई झुक्याएको बताउँछिन्। ‘म सम्बन्धित निकायलाई यस क्षेत्रको निरीक्षण गरोस् र दोषीलाई कार्यवाही गरोस् भन्न चाहन्छु,’ अध्यक्ष तामाङले बिएल हिन्दी सेवासँग भनिन्। 

उनी सरकारी पैसा पनि आफ्नो करबाट उठ्ने गरेको भन्दै यसको छिटो छानवीन हुन जरुरी रहेको बताउँछिन्। 
 

प्रकाशित मिति: : 2020-01-15 21:10:57

प्रतिकृया दिनुहोस्