वेष्ट ह्याममा नयाँ गोलरक्षक !

इंग्लिस प्रिमियर लिग क्लब वेष्ट ह्यामले नयाँ गोलरक्षक अनुबन्ध गरेको छ। कल्बले साढे तीन वर्षको लागि आयरल्याण्डका गोलरक्षक डरेन रान्डोल्फलाई अनुबन्ध गरेको हो।

पहिलो रोजाईका गोलरक्षक लुकास्ज फाबियन्सकी हिप इन्जुरीको कारण मैदान बाहिरे पछि उसले ३२ वर्षे रान्डोल्फलाई च्याम्पियनसिप क्लब मिडल्सबर्गबाट ४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो।

यसअघि रान्डोल्फले २०१५ देखि २०१७ सम्म वेष्ट ह्यामबाट ४२ खेल खेलेका थिए। 

मिडल्सबर्गबाट उनले ११० खेल खेलेका छन्।
 

प्रकाशित मिति: : 2020-01-16 03:48:45

प्रतिकृया दिनुहोस्