रोनाल्डो बिना नै युभेन्ट्स कोपा ईटालियाको क्वाटरफाइनलमा, ड्याबालाले गरे दुई गाेल

युभेन्ट्स कोपा ईटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा युभेन्ट्सले यूडिनीजलाई ४–० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो। युभेन्ट्सको जितमा पाउलो ड्याबालाले दुई तथा गोन्जालो हिग्युन र ड्युगलस कोस्टाले एक एक गोल गरे।

१६ औं मिनेटमा हिग्युनले गोल गर्दै युभेन्ट्सले अग्रता दिलाएका थिए। २६ औं मिनेटमा ड्याबलाले युभेन्ट्सको अग्रता दोब्बर पारे। 

पहिलो हाफ २–० को अग्रता बनाएको युभेन्ट्सले दोस्रो हाफमा थप २ गोल गर्यो। 

५७ औं मिनेटमा पेनाल्टीमार्फत ड्याबलाले नै ब्यक्तिगत दोस्रो गोल गरे। खेलको ६१ औं मिनेटमा कोस्टाले गोल गर्दै युभेन्ट्सलाई ४–० गोल अन्तरको फराकिलो जित दिलाए।

स्मरण रहोस् यस खेलमा पोर्चुगिच स्टार खेलाडि क्रिस्टियानो रोनाल्डो उपस्थित थिएनन्। 
 

प्रकाशित मिति: : 2020-01-16 12:51:08

प्रतिकृया दिनुहोस्