कोलम्बोमा निजी हेलिकप्टर उडानमा २५ बर्षपछि प्रतिबन्ध हटाइयो

एजेन्सी

काठमाडाैं

पर्यटन प्रवद्र्धन गर्न श्रीलङ्काका राष्ट्रपति गोताबाया राजपाक्षेले शुक्रबार राजधानी कोलम्बोको मध्यभागबाट निजी अपरेटरहरूले हेलिकोप्टर उडानको संचालनमा २५ बर्षे प्रतिबन्ध हटाएको घोषणा गरेका छन्।

श्रीलङ्काको नागरिक उड्ययन प्राधिकरणका अनुसार अब उप्रान्त श्रीलङ्काका निजी हेलीकोप्टर पनि रक्षा मन्त्रालयको अधिनमा रहेको ‘गेल फेस’बाट उडान भर्न वा अवतरण गर्न पाउने छन्।

सुरूमा यसका लागि सरकारले प्रमुख चार विमान कम्पनीले पुनः सेवा सञ्चालन गर्ने बताइएको छ। ‘हामीले यस अबसरका लागि लामो समयदेखि पर्खिरहेका थियौँ,’ स्काइलार्क उड्यन सेवा कम्पनीका सञ्चालन व्यवस्थापक क्याप्टेन रवि धर्माविक्रमाले भने। यो श्रीलङ्काको उड्ययन इतिहासमा एउटा प्रमुख उपलब्धि हो।

‘निजी विमान कम्पनीलाई दिइएको यस अनुमतिले हामीले देशको पर्यटन र अर्थतन्त्रमा थप टेवा पु¥याउन सक्नेछौँ।’ उनले भने, ‘श्रीलङ्का आउने धेरै खर्च गर्नसक्ने पर्यटकको चाहना छोटो समयमा प्रमुख पर्यटकीयस्थलमा पुग्ने र त्यहाँका मनोरम दृश्यको आनन्द लिने रहने गरेको थियो। तर निजी विमानले अवतरण वा उडान गर्नका लागि स्थान नै नपाउँदा यो सेवा दिन निजी विमान सेवा प्रदायकलाई सम्भव थिएन।’

श्रीलङ्काले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ भने सन् २०२५ सम्म यो सङ्ख्यालाई एक करोड पु¥याउने महत्वाकांक्षी योजना ल्याएको छ।‘गत वर्ष श्रीलङ्कामा १९ लाख पर्यटक भित्रिएका थिए भने डिसेम्बरमा मात्र दुई लाख ४० हजार पर्यटक त्यहाँ पुगेका थिए,’श्रीलङ्काको पर्यटन विकास प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। 

सन् २०२० मा भारत, चीन, बेलायत, रूस र अष्ट्रेलिया पर्यटनका लागि श्रीलङ्काका पुग्ने प्रमुख पाँच मुलुक रहेका छन् भने चीनबाट एक लाख ६७ हजार पर्यटक त्यहाँ पुगेका थिए। 

प्रकाशित मिति: : 2020-01-18 12:24:11

प्रतिकृया दिनुहोस्