राजकुमार ह्यारी भन्छन् 'दु:ख लागेको छ तर विकल्प पनि छैन'

बिएल संवाददाता

लण्डन, बेलायत

बेलायती राजकुमार ह्यारीले आफू र मेघानले शाही पदवी त्यागेको र बेलायत तथा बेलायती महारानीलाई प्रतिनिधित्व गर्न नपाउने भनेर  बंकिमघम दरबारबाट जारी गरिएको वक्तब्यबाट दु:खी भएको बताएका छन्।

उनले एक च्यारिटी कार्यक्रमलाई सम्बोधन गर्दै भने,  'बेलायत मेरो घर हो। यसलाई म माया गर्छु, यसमा कुनै परिवर्तन हुदैन।'

उनले बेलायती जनातले तिरेको करको पैसा नलिई शाही परिवारको सदस्यका रूपमा बेलायत तथा बेलायती महारानीलाई प्रतिनिधित्व गर्ने प्रस्ताव गरे पनि दरवारबाट त्यस्को पक्षमा निर्णय नभएकोमा चित्त पनि दुखाए । 

बेलायत मेरो घर हो। यसलाई म माया गर्छु, यसमा कुनै परिवर्तन हुदैन।
- राजकुमार ह्यारी

उनको भनाइ थियो, 'यो सबै सम्भव नभएपछि हाम्रा लागि यो नै निर्णय बच्यो। यसबाट हामीलाई दु:ख लागेको छ । तर,हामीसँग यसको बिकल्प पनि छैन।'

उनले आफू बेलायती राजपरिवारको एक सानो सदस्य भएकाले सबै ठूलाहरूले राम्रै निर्णय गरेको ठानेर स्विकार गरेको बताए। उनले थपे, हामीलाई ठूलाले भनेको कुराको आदर गर्नुपर्छ भनेर सिकाइयो। हामीले त्यही राजधर्म मान्यौं। '

बेलायती राजदरवारले ह्यारी र मेघानको शाही पदवी लिएर उनीहरूले बेलायत, बेलायती रानी र बेलायती सेनासँग सम्बन्ध टुटाइ दिएका छन्। अझ, उनलाई घर मर्मत गरेको २५ लाख पाउण्ड फर्काउन समेत आदेश दिइएको छ। यसैगरी उनीहरूले दरबारबाट आइन्दा एक पैसा पनि नपाउने भनिएको छ।

यी सबै निर्णयहरू ह्यारी र मेघानमाथि लादिएका जस्ता छन्। केही समयपछि नै भूतपूर्व राजकुमार हुन लागेका ह्यारीको पछिल्लो सार्वजनिक बयानले पनि त्यसैको झल्को दिन्छ। 

बेलायती राजघरानालाई नजिकबाट हेरेकाहरू भन्छन्, 'बेलायती राजघरानाका दु:खका दिन सकिएका छैनन्, बल्ल सुरू भएका हुन्। राजपरिवारका सबै बरिष्ठ सदस्य मिलेर कान्छालाई राजपरिवारबाट बाहिर बनाए पनि यो समस्याको समाधान हैन ।'

 

प्रकाशित मिति: : 2020-01-20 19:09:21

प्रतिकृया दिनुहोस्