नेपाली राष्ट्रिय महिला फुटबल टिमका दुई खेलाडी हिरो इन्डियन वुमन्स आई लिग खेल्न भारत प्रस्थान गरेका छन्।
साबित्रा भण्डारी र अनिता बस्नेत लगातार दोस्रो पटक खेल्न आई लिग खेल्न मंगलबार भारत प्रस्थान गरेका गरेका हुन्।
साबित्रा र अनिताले गत वर्ष लिग च्यान्पियन बनेको सेथु एफसीबाट खेलेका थिए। तर यसपटक बने फरक कल्बबाट खेल्ने भएका छन्। यसपटक साबित्राले गोकुलम्बाट खेल्न छिन् भने अनिताले पूर्व कल्ब सेथुबाटै खेल्नेछिन्।
साबित्राले गत वर्ष १५ गोल गरेकी थिइन्। घरेलु फुटबलमा एपीएफबाटसँगै खेल्ने साबित्रा र अनिता पहिलो पटक फरक क्लबमा खेल्न लागेका हुन्।
'गोकुलमले प्रस्ताव गरेको भएर यसपटक गोकुलम् रोजेको हुँ।' साबित्राले भनिन् 'लिगका लागि एक महिनाको कन्ट्रयाक्ट गरेर जान लागेको हुँ।'
साबित्राले आई लिगभरि कुल १५ गोल गरेकी थिइन्।
वुमन आई लिग जनवरी २४ बाट हुँदैछ। जसमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्।