कोपा डेल रे: मेसी र सुआरेज बिनाको बार्सिलोना

३ तीन दिनपछि नै बलियो टोलि भ्यालेन्सियासँग खेल्नु पर्ने भएकाले मेसीसहित ३ जनालाई विश्राम दिएको बुझिन्छ।

बिएल संवाददाता

काठमाडाै‌ं

कोपा डेल रेअन्तर्गत बार्सिलोनाले बुधबार राति यूडी इबिजा समाना गर्दै छ। सर्वाधिक धेरै पटकको विजेता टोली बार्सिलोनाले  इबिजासँग आज खेल्न लागेको हो।  

अवे मैदानमा हुने खेलमा बार्सिलोनाका नवनियुक्त प्रशिक्षक क्वीक सेटिनले क्लबका तीन ‘भेट्रान’ खेलाडीलाई टोलीबाहिर राखेका छन्। उनले कप्तान लिओनल मेसी, जेरार्ड पिके र सर्जियो बुस्क्वेटलाई टोलीबाहिर राखेका हुन्। यसो त चोटका कारण भरपर्दा स्टाइकर लुइस सुआरेज र औसमाने डेम्बेले गुमाएको बार्सिलोनमा कमजोर रहेको छ। 

तर बार्सिलोनाले इबिजाविरुद्ध खेलेको ३ तीन दिनपछि नै बलियो टोलि भ्यालेन्सियासँग खेल्नु पर्ने भएकाले मेसीसहित ३ जनालाई विश्राम दिएको बुझिन्छ। बार्सिलोनाको टोलीमा नेटो, नेल्सन सेमेडो, जोर्डी अल्बा, सामुअल उम्टिटी, जुनियर फिर्फो, इभान राकिटिक, फ्रेन्की डी योङ, अर्टुरो भिडाल, एन्टोइन ग्रिजम्यान, अन्सु फातिलगायत छन्।

यसअघि अन्तिम ३२ को खेल डबल राउन्ड रोबिन आधारमा खेलाइएको थियो भने यो पटक सिंगल म्याच मात्र खेलाइनेछ। एक खेलमा विजय हुने टोलि सिधै अर्को राउन्डमा पुग्ने छ। अन्तिम ३२ को १६ वटा खेल जनवारी २२ मा हुने छ। त्यसैले यस खेलमा दुवै टोली एक–अर्काविरुद्ध जित निकाल्दै अन्तिम १६ को यात्रा गर्ने दाउमा छन्।

प्रकाशित मिति: : 2020-01-23 00:29:53

प्रतिकृया दिनुहोस्