हेल्प नेपाल र एपीएफ च्याम्पियन

हेल्प नेपाल स्पोर्ट्स क्लबले पाँचौ संकरणको राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ। 

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको फाइनलमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो। तीन भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्प नेपालले एपीएफमाथि २५–१७, २५–१४ र २५–२१ को सेटमा जित निकाल्यो। उपाधिसँगै हेल्प नेपालले २ लाख प्राप्त गरेको छ। 

उपविजेता बनेको एपीएफले १ लाख प्राप्त गर्यो। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भयो। आर्मीले तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो। आर्मीले पुलिसमाथि २५–१८, २५–१८ र २५–२० को सेटमा जित निकालेको थियो। तेस्रो भएसँगै आर्मीले ५० हजार प्राप्त गरेको छ।

त्यस्तै महिलातर्फ सशत्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेको छ। फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो। 

लगातार दोस्रो वर्ष च्याम्पियन बन्ने क्रममा एपीएफले न्यू डायमण्डमाथि २५–२३, २५–२१, २३–२५ र २५–१८ को सेटमा जित निकाल्यो। 

उपाधिसँगै एपीएफले एपीएफले २ लाख प्राप्त गरेको छ। उपविजेता बनेको न्यू डायमण्डले १ लाख प्राप्त गर्यो। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भयो।

प्रतियोगीता नेपाल भलिबल संघको आयोजनामा भएको हो।

प्रकाशित मिति: : 2020-01-25 10:41:02

प्रतिकृया दिनुहोस्