चेल्सीले एफ ए कपको पाँचौ चरणमा प्रवेश

लण्डन कल्ब चेल्सीले एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ। 

शनिबार राति भएको खेलमा चेल्सीले हल सिटीमाथि २–१ को जित निकाल्दै पाँचौ चरणमा प्रवेश गरेको हो।

चेल्सीको जितमा मिक्की बत्सुवाई र फिकायो तोमोरीले एक एक गोल गरे। सिटीका लागि कामिल ग्रोसिकीले एक गोल फर्काए।

बत्सुवाईले खेलको छैटौं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।

६४ औं मिनेटमा तोमोरीले लण्डन क्लबको अग्रता दोब्बर बनाए।

ग्रोसिकीले ७८ औ मिनेटमा एक गोल फर्काएपनि हल सिटीको हार टार्न सकेनन्।
 

प्रकाशित मिति: : 2020-01-26 19:49:20

प्रतिकृया दिनुहोस्