बार्सिलोनाका जोर्डी अल्बा बने धेरै आत्मघाती गोल गर्ने सफल खेलाडी !

स्पेनी कल्ब बार्सिलोनाका जोर्डी अल्बा धेरै आत्मघाती गोल गर्ने खेलाडी बन्न सफल भएका छन्।

सन् २०१२-१३ को सिजनमा भ्यालेन्सियाबाट बार्सिलोना पुगेका उनले क्लबमा रहदाँ अहिलेसम्म ४ आत्मघाती गोल गर्दै पछिल्लो २० बर्षमा धेरै आत्मघाती गोल गर्ने खेलाडी बनेका हुन्।

ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा अल्बाले खेलको ४८औँ मिनेटमा आत्मघाती गोल गरेका थिए। उक्त खेलमा बार्सिलोनमा भ्यालेन्सियाबाट २–० ले पराजित भएको थियो।

यसअघि खेलको नवौं मिनेटमा नै भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो। जेरार्ड पिकेले पेनाल्टी क्षेत्रभित्र जोसे गायालाई लडाएपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाउँदै पेनाल्टी दिएका थिए। तर म्याक्सी गोमेजको प्रहारलाई टेर स्टेगनले दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै विफल पारे।

यसपछि पहिलो हाफमा पेनाल्टी चुकाएका गोमेजले गरेको शक्तिशाली प्रहार अल्बालाई लाग्दै पोस्टभित्र छिरेको थियो। यसपछि ७७ औं मिनेटमा गोमेजले नै गोल गर्दै घरेलु टोली भ्यालेन्सीयालाई २–० को जित दिलाएका थिए।

क्विक सेटियन बार्सिलोनाको मुख्य प्रशिक्षकमा आएपछि पहिलो हार ब्यहोरेका छन्। सन् २००७ पछि घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोनामाथि पहिलो जित दर्ता गराएको छ।

यो हारले रियल म्याड्रिडलाई शीर्ष स्थानमा स्पष्ट अग्रता लिने अवसर पनि दिएको छ। रियलले आइतबार रियल भालाडोलिडविरुद्ध खेल्नेछ।

बार्सिलोना र रियल दुवैको समान ४३ अंक छ। अब रियलले बार्सिलोनलाई उछिनेर तीन अंकको अग्रता लिन सक्नेछ।
 

प्रकाशित मिति: : 2020-01-26 21:04:23

प्रतिकृया दिनुहोस्