गायिका आस्था राउत प्रहरी नियन्त्रणमा

डिल्ली पाण्डे

काठमाडाैं

गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएपछि उनी परिवारसँग प्रहरीको सम्पर्कमा आएकै बेला पक्राउ परेकी हुन्।

राउतलाई आफन्तले महानगरिय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।  उनीविरुद्द अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चल्ने प्रहरीले बताएको छ। यसअघि उनी आफै प्रहरी कार्यालयमा आएको खन्डमा कारबाहीमा केही लचिलो बन्ने संकेत प्रहरीले दिएको थियो। 

राउतलाई प्रहरीले बुझाएकोअनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेर प्रहरीलाई गाली गरेकी थिइन्।

प्रकाशित मिति: : 2020-01-27 22:20:34

प्रतिकृया दिनुहोस्