रोनाल्डोको स्वास्थ्य टिप्सः दिनमा ५ पल्ट सुत्छन, ६ पल्ट खान्छन

इटालीको युभेन्ट्स क्लबका स्टार पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोमा आखिर त्यस्तो के क्षमता छ, जसका कारण उनी अहिले पनि २३ वर्षे खेलाडी झैं आक्रामक देखिन्छन्। उनी ३४ वर्षमा टेकिसकेका छन्। तर, उनको फूर्ति कुनै किशोर खेलाडीभन्दा कम छैन। 

इन्स्टाग्राममा मात्र २० करोड फलोअर्स रहेको रोनाल्डोको स्वास्थ्यलाई लिएर भर्खरै एउटा रिपोर्ट सार्वजनिक भएको छ। जसमा उनको बायोलोजिकल उमेर २३ वर्ष बताइएको छ। रोनाल्डो आफूलाई सकारात्मक राख्न परिवारसँग धेरै समय बिताउँछन्। उनी सामान्यत ८ घण्टा सुत्छन। तर, सुत्ने तरिका अरुभन्दा पृथक छ। उनी दिनभरी ९०–९० मिनेट गरेर ५ पल्ट सुत्छन। उनको सुत्ने पाेजिसन पनि अरुभन्दा बेग्लै छ। आमाको गर्भमा जसरी बच्चा सुत्ने गर्छ, त्यस्तै भ्रूणको अवस्था बनाएर सुत्ने गर्छन। विशेषज्ञले यसले एकाग्रता बढ्ने बताएका छन्। 

उनी दिनभरीमा ६ पल्ट खाना खान्छन्। उनी दिनमा २ पल्ट लञ्च, २ पल्ट डिनर र २ पल्ट नास्ता खान्छन्। खानामा सलाद, फल, तरकारी, अण्डा, कुखुरा हुन्छ। उनी प्रोटिनजन्य खानामा विशेष ध्यान दिन्छन्, जसले ओमेगा–३ जस्तो फ्याटी एसिड प्राप्त होस्। 

उनी हरेक खेलपछि ३० मिनेट स्विमिङ गर्छन। रोनाल्डो मानसिक स्वास्थ्यमा पनि निकै ध्यान दिन्छन्। उनी परिवार र साथीसँग समय बिताउन मन पराउछन्। जिममा कार्डियोको एक्सरसाइज बढी गर्छन। उनी दौडिन, रोइङ र भारत्तोलनमा ध्यान दिन्छन्। 

रोनाल्डो आफ्नो विशेष च्याम्बरमा थेरापी पनि गर्छन। जसको तापमान माइनस १३० डिग्रीसम्म हुन्छ। उनी ३ मिनेटसम्म माइनस १३० डिग्रीमा बस्ने गर्छन। यसले मासंपेशीमा लागेको चोट छिटो निकाे पार्न सहयोग गर्छ। 

प्रकाशित मिति: : 2020-02-01 21:54:30

प्रतिकृया दिनुहोस्