सन्जोग राईकाे ह्याट्रिकसँगै शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले शानदार जित निकालेको छ।
दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले शनिबार सरस्वती युथ क्लबलाई ४-० ले पराजित गरेको हो। थ्रीस्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे। सन्जोक ६ वर्षपछि लिगमा हृयाट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। यस्तै एक गोल लाल राम्मव्राले एक गोल गरे।
सरस्वतीले पहिलो हाफमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा चार गोल गर्यो।
४८ औं मिनेटमा भारतीय खेलाडी लालराम्भराले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए। त्यसपछि सन्जोकले आक्रमक खेल खेले। ५७औं मिनेटमा व्यक्तिगत गोलको खाता खोलेका उनले ६६औं र ७१औं मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गरे।
जितसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ। थ्री स्टारले १० खेलमा १७ अंक जोडेको छ।
पुछारको सरस्वतीले १० खेलमा ४ अंक जोडेको छ।