इंग्लिस प्रिमियर लिगमा चेल्सीले लेष्टर सिटीसँग बराबरीमा रोकिएको छ।
लेष्टरको मैदानमा शनिबार भएको खेलमा चेल्सी २–२ गोलको बराबरीमा रोकिएको हो।
चेल्सीको लागि एन्टोनियो रुडीगरले दुई गोल गरेका थिए। यता लेष्टरका लागि हार्भी बर्नेस र बेन चीलवेलले एक एक गोल गरे।
खेलको ४६ औं मिनेटमा रुडीगरको गोलबाट चेल्सीलाई अग्रता दिलाएका थिए। ५४ औं मिनेटमा लेष्टरले खेल बराबरीमा ल्यायो। लेष्टरका लागि बर्नेसले गोल गरे।
६४ औं मिनेटमा लेष्टरले खेलमा पुनः अग्रता लियो। चीलवेलले गोल गर्दै लेष्टरलाई २–१ को अग्रता दिलाए।
तर, ७१ औं मिनेटमा रुडीगरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई हारबाट जोगाए।
बराबरीसँगै चेल्सी २५ खेलमा ४१ अंक जोडेको छ। चेल्सी चौंथो स्थानमा रहेको छ। लेष्टर ४९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।