बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगको दोस्रो स्थानमा उक्लिएको छ।
शनिबार भएको खेलमा युनियन बर्लिनलाई ५–० गोल अन्तरले हराउँदै डर्टमन्ड दोस्रो स्थानमा उक्लिएको हो।
डर्टमन्डको जितमा नयाँ फरवार्ड इर्लिङ हाल्याण्डले दुई गोल गरे। बर्लिनसँगको दुई गोलसँगै हालाण्डले डर्टमण्डका लागि ३ खेलमा ७ गोल गर्न सफल भएका छन् । यता जाडोन सान्चो, मार्को रिउस र एलेक्स विसलले एक एक गोल गरे।
खेलको १३ औं मिनेटमा सान्चोको गोलबाट घरेलु टोली डर्टमण्डले अग्रता लिएको थियो। १८ औं मिनेटमा हालाण्डले गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफ २ गोल गरेको डर्टमण्डले दोस्रो हनफमा थप ३ गोल गर्यो।
खेलको ६८ औं मिनेटमा रिउसले पेनाल्टीमा गोल गर्दै अग्रता ३–० पुर्याए। ७० औं मिनेटमा विसलले गोल गर्दा डर्टमण्डलाई ४–० को अग्रता दिलाए।
यता खृलको ७६ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ५–० को फराकिलो जित दिलाए।
जितसँगै डर्टमण्ड तेस्रो स्थानमा उक्लिएको छ डर्टमण्डले २० खेलमा ३९ अंक जाेडेकाे छ। २३ अंक जोडेको बर्लिन १२ औं स्थानमा रहेको छ।