ए डिभिजन लिग: हिमालयन शेर्पालाई हराउँदै संकटा उक्लियाे छैटौं स्थानमा

बिएल संवाददाता

काठमाडाै‌ं

संकटा क्लब शहीद स्मारक ए डिभिजन लिगको छैटौं स्थानमा उक्लेको छ।

दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाले हिमालयन शेर्पालाई १–० ले पराजित गरेको हो। संकटाको लागि विदेशी खेलाडी अजयी मार्टिन्सले निर्णयक गोल गरेका थिए। 

मार्टिन्सले २१ औं मिनेटमा गोल गरेका हुन्।

जितपछि १० खेलबाट १५ अंक जोड्दै संकटा छैटौं स्थानमा उक्लिएको छ। पराजित भएपछि हिमालयन शेर्पालाई भने रेलिगेसनको दबाब बढेको छ। शेर्पाको १० खेलबाट ७ अंक मात्र छ र १२ औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-02-03 04:42:31

प्रतिकृया दिनुहोस्