साविक विजेता बार्सिलोनाकाे साघुँरो जित, फातीले गरे दुई गोल

साविक विजेता बार्सिलोनाले स्पेनिस लिगमा साघुँरो जित निकालेको छ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा लेभान्तेमाथि २–१ को जित निकालेको हो। 

बार्सिलोनाका जितमा युवा स्टार अंशु फातीले दुई गोल गरे।

खेलको ३० औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। लगत्तै अर्को मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए।

खेलको अन्तिम समयमा लेभान्तेका रुबेन रोचिनाले एक गोल फर्काए।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंक दुरी ३ घटाएको छ।

बार्सिलोनाकाे ४६ अंक छ भने मड्रिडकाे ४९ अकं छ।

लेभान्ते २६ अंक सहित तालिकाको १३ औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-02-03 20:01:26

प्रतिकृया दिनुहोस्