गाउँगाउँमा सहरीकरण, सडकछेउ बसाइँ सर्ने बढे

केही वर्षअघिसम्म घरमा थोरै थोरै मात्र सुन्तला बेचेको अनुभव सुनाउने सिस्ने गाउँपालिका–४ लाम्बाकोटकी ममता बुढाले यो वर्ष फले जति सबै सुन्तला बेच्न पाएको सुनाइन्। रुकुमकोट बजारमा बिहानै सुन्तला बेच्न १२ जना बसेका थिए। एकै गाउँका उनीहरू हरेक बिहान सुन्तला बेच्न ल्याउने र दिउँसो फर्किने गरेको अनुभव सुनाउँथे। ‘सडक आएपछि बजार बढ्यो, यहाँ बोकेर ल्याउँदा बढी दाम पाउने भएकाले ल्याएका हौं,’ बुढाले भनिन्, ‘अहिले त तरकारी पनि बिक्छ।’ सँगै रहेकी हिरा बुढाले थपिन्, ‘पहिला कहाँ यसरी बिक्थ्यो र !’

प्रकाशित मिति: : 2020-02-05 00:26:28

प्रतिकृया दिनुहोस्