ओमानले नेपाललाई दियाे १९८ रनको लक्ष्य

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलको रूपमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपालले १९८ रनको लक्ष्य पाएको छ।  पहिले ब्याटिङको निम्तो पाएको पाहुना टोली ओमानले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ९७ रन बनाउन सक्यो।

ओमानका लागि मोहम्द नाबेदले उत्कृष्ट खेल खेले उनले ९६ बलमा ५ चौका र २ छक्कासहित नटआउट ६९ रनको योगदान दिए। 

यता सन्दीप गौढले ३३ रन बनाउँदा नाशेम खुशी २८, जिसान माक्सुद २० रनमा आउट भए।              

नेपालका लागि करण केसीले ४ विकेट लिएका थिए। यस्तै शुसन भारीले ३ विकेट लिए भने दिपेन्द्रसिंह ऐरीले एक विकेट लिए। 
                                                             

प्रकाशित मिति: : 2020-02-06 01:29:49

प्रतिकृया दिनुहोस्