टोटेनह्याम एफ ए कपको पाँचौ चरणमा प्रवेश गरेको छ।
बुधबार राति भएको खेलमा साउथह्याम्टनमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै टोटेनह्याम अघिल्लो चरणमा पुगेको हो।
घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामले ज्याक स्टेफनले १२ औं मिनेटमा गरेको आत्मघाति गोलबाट अग्रता बनाएको थियो।
साने लङले ३४ औंं मिनेटमा गोल गर्दै साउथह्याम्टनलाई खेलमा फर्काए।
ड्यानी ईङ्सले ७२ औंं मिनेटमा साउथह्याम्टनलाई खेलमा अग्रता दिलाएका थिए।
त्यसपछि लुकास मौराले ७८ औं मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।
८७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सन ह्युङ मिनले टोटेनह्यामका जित दिलाए। डेन अलीको पासलाई विफल बनाउने क्रममा साउथह्याम्टनका गोलकिपरले फल गर्न पुगेपछि टोटेनह्यामले पेनाल्टीको अवसर पाएको थियो।
जितसंगै टोटेनह्यामले नर्विच सिटीसँगको उपाधि भिडन्त पक्का गरेको छ।