कोपा डेल रे: सोसिडाडसँग हार्दै मड्रिड क्वार्टरफाइनलबाटै बाहिरियाे

रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ

बिहिबार राति भएको खेलमा रियल मड्रिड रियल सोसिडाडसँग ४–३ गोल अन्तरले पराजित हुँदै बाहिरिएको हो।

सोसिडाडका मार्टिन ओडिगार्डले खेलको २२ औं मिनेटमा पहिलो गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए।

५४ औं मिनेटमा अलेक्जेण्डर ईसाकले सोसिडाडको अग्रता दोब्बर बनाए। दुई मिनेपछि अर्को गोल थप्दै ईसाकले सोसिडाडलाई ३–० को स्थितिमा पुर्याएका थिए।

मार्सेलो मड्रिडका लागि गोल गर्दै पुनरागमनको आश देखाएका थिए। मार्सेलोले ८९ औं मिनेटमा गोल गरेका थिए। तर ६९ औं मिनेटमा मिकेल मोरिनोले गोल गर्दै अग्रता ४–१ मा पुर्याए। खेलको ८१ औं मिनेटमा रोड्रिग्वो र ९० औं मिनेटमा नाचोले गोल गरेपनि मड्रिडलाई त्यो पर्याप्त बनेन। 
 

प्रकाशित मिति: : 2020-02-07 20:06:38

प्रतिकृया दिनुहोस्