प्रदेश संरचना परवर्तन हुनसक्छ : अध्यक्ष दाहाल

रासस

नुवाकाेट

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको सीमाङ्कनमा परिवर्तन हुनसक्ने बताए छन।

नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश नं ५ र प्रदेश नं २ का केही जिल्लाका जनताको मागअनुसार राजधानीको नाम र केन्द्रमा देखिएको समस्याका कारण प्रदेशको सीमाङ्कन फेरबदल हुनसक्ने सङ्केत दिएका हुन्। 

‘प्रदेश नं ५ का बाँके र बर्दियाका जनताले राजधानी र केन्द्र आफूहरुको मागअनुसार नभए प्रदेश नं ५ मा बस्न नचाहेको बताउँदै आएका छन्’ उनले भने, ‘प्रदेश नं २ को बारा, पर्सा र रौतहटका जनताको पनि फरक धारणा आएकाले अहिलेको प्रदेश संरचना परिवर्तन हुनसक्ने देखिएको छ।’

वाग्मती प्रदेशको नाम र केन्द्र चयनमा प्रदेशसभाका सदस्यको चाहनाअनुसार पार्टीको केन्द्रीय कमिटीले सहजीकरण गरेर समस्या समाधानमा सहयोग पु¥याएको उनको भनाइ छ। वाग्मती प्रदेशको नाम र केन्द्र पार्टीको केन्द्रीय तहबाट भएको चयनले पायक नपर्ने स्थान राखेको भनेर उठेका जिज्ञासाप्रति इङ्गित गर्दै पूर्वप्रधानमन्त्री दाहालले केन्द्रको राजधानी काठमाडौंबाट समेत अन्यत्र सार्न यसअघि विभिन्न समिति र विज्ञको सुझाव आएको स्मरण गराउँदै प्रदेशको भूगोल र सीमाङ्कनका सम्बन्धमा नजिक र टाढा एवं नाम यो वा त्यो भयो भनेर नअल्झिन आग्रह गरे।
 
‘आफूले सपनाको रुपमा देखेको ल्हासा–लुम्बिनी रेलमार्ग निर्माण, छहरे–टोखा सुरुङमार्ग, मध्यपहाडी सडकमार्गलगायतका संरचनाका निर्माणले भूगोलको दूरी सीमाको आधारमा नजिक र टाढाको रुपमा लिनु पर्दैन’ उनले भने, ‘मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन सकारात्मक सोचका साथ आ–आफ्नो पेशामा आत्मनिर्भर बन्नुपर्छ, परिवर्तन र विकास टाढा छैन।’
 

प्रकाशित मिति: : 2020-02-09 10:50:16

प्रतिकृया दिनुहोस्