शहीद स्मारक ए डिभिजन लिगमा आइतबार एउटा खेल हुँदैछ। मनाङ मस्र्याङ्दी र न्यूरोड टिम एनआरटीबीचको खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ।
यो खेल शनिबारका लागि हल्चोकमा तय भएको थियो। तर, हल्चोक मैदानमा खेल्न क्लब नमानेपछि यो खेल सातदोबाटोमा सारिएको हो। यो खेल दिउँसो एक बजेबाट सुरु हुनेछ।
उपाधि होडमा कायम रहनका लागि मनाङलाई आजको खेल जित्नै पर्ने दबाब छ।
उपाधि रक्षाको अभियानमा रहेको मनाङ एनआरटीलाई हराएर तेस्रो स्थानमा उक्लिन चाहन्छ। मनाङले १० खेलमा पाँच जित, चार बराबरी र एक हारको नतिजा निकाल्दै १९ अंक बनाएको छ। आजको खेलमा पराजय वा बराबरी भएको खण्डमा मनाङ मस्र्याङ्दी उपाधि होडबाट आधिकारिक रुपमा बाहिरिनेछ।
छैटौँ स्थानमा रहेको एनआरटीलाई भने सुपर सिक्समा कायम रहनका लागि मनाङलाई हराउनु जरुरी छ। यो जितपछि पनि मनाङ आर्मीभन्दा चार अंकले पछि रहनेछ।