गोकुलम केरेला भारतमा जारी हिरो महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। बैंगलोरमा सोमबार भएको सेमिफाइनलमा साविक विजेत सेथुलाई ३-० ले पराजित गर्दै गोकुलम उपाधि नजिक पुगेको हो।
गोकुलमको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन्। यस्तै मनिषाले एक गोल गरिन्। अब गोकुलमले उपाधिका लागि क्रिप्सासँग खेल्नेछ। पहिलो सेमिफाइनलमा क्रिप्साले केन्क्री एफसीलाई ३-१ ले हराएको थियो।
खेलको २२ औं मिनेटमा मनिषाले गोकुलमलाई अग्रता दिलाइन्। यस्तै ४४ औं मिनेटमा सावित्राले गोल गर्दै अग्रता दोब्बर बनाइन्। पहिलो हाफ २–० ले गोकुलम अगाडी रह्यो।
खेलको ८३औं मिनेटमा पुनः सावित्राले गोल गर्दै गोकुलमलाई ३–० को जित दिलाए। जारी प्रतियोगितमा सावित्राको यो १५ औं गोल हो। सावित्रा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेकी छिन्।
अब गोकुलमले उपाधिका लागि क्रिप्सासँग खेल्नेछ। पहिलो सेमिफाइनलमा क्रिप्साले केन्क्री एफसीलाई ३–१ ले हराएको थियो।