लोकतन्त्रलाई कमजोर गराउने काम कसैले गरे हामी चुप लागेर बस्दैनौं: कांग्रेस

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक अंग सरकारको छायाँ बन्न नहुने बताएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्द माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले तीन दिन सदन अवरूद्ध गरेको थियो।

मंगलबार सदन सुचारू गर्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अख्तियारजस्ता संवैधानिक आयोग सरकारको छायाँ बन्न नहुने बताइन्।  

‘लोकतन्त्रलाई कमजोर गराउने काम कसैले कारवाही गर्छ भने प्रमुख प्रतिपक्षी दल चुप लागेर बस्दैन। कुनैपनि संवैधानिक अंगहरुले सरकारको प्रभावमा परेर कुनै निर्णय गर्नु हुँदैन,’ उनले भनिन्।


 

प्रकाशित मिति: : 2020-02-12 03:57:10

प्रतिकृया दिनुहोस्