थ्री स्टार क्लब शहीद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा न्यूरोड टिम (एनआरटी) माथि १–० ले गोल अन्तरको जित हासिल गर्दै थ्री स्टार तेस्रो सथानमा उक्लिएको हो।
थ्री स्टारको जितमा परिवर्तित खेलाडी दिपेश घलेले खेलको अन्त्यतिर गरेको गोल नै निर्णायक बनेको थियो । मिक्छेन तामाङको पासमा दिपेशले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार रोक्न एनआरटीका गोलकिपर अजित प्रजापतिले कुनै मौका पाएनन् ।
१२ औं चरणको खेलमा सातौं जित निकाल्दै थ्री स्टार २३ अंकका साथ तेस्रो स्थानमा उक्लेको हो । उपाधि दौडबाट बाहिरिएको मनाङ मस्याङ्दीको २२ अंक छ र टोली चौथो स्थानमा झरेको छ । बाँकी दुई खेलमा जित हिसिल गर्दा भने अब मनाङले उपाधि जित्ने छैन ।
थ्री स्टार यसअघि नै उपाधि दौडबाट बाहिरिएको थियो ।