हुम्लाको ‘रातो टालो’ लिएर आए हमाल (भिडियो)

हुम्लाका सृजनशील युवा जगदिश हमालले आफ्नो गृह जिल्लामा प्रचलित अन्तरजातीय प्रेम कथामा आधारित ‘रातो टालो’ म्युजिक भिडियो चलचित्र बनाएका छन्। बाइस मिनेट लामो भिडियोमा आपसी प्रेम, हुम्ली संस्कृति, चाडपर्व र जनजीवनको सुवास पाइन्छ।

हमालले पचास वर्ष अघिको कथा गीति भाकामा पस्केका हुन्। यसमा धामी युवक र दलित युवती बीचको प्रेम झल्काइएको छ। गीतमा हमाल एवं गायिकाद्वय माण्डवी त्रिपाठी र दिव्या पन्तले स्वर दिएका छन् भने यसको छायाङ्कन हुम्लामै गरिएको छ। 

अन्तर जातीय विवाह गर्दा समाजमा भोग्नु परेको दुःखलाई थिम बनाएर गीति कथा बनाइएको हमालले बताए। म्युजिक भिडियोका निर्देशक डायमण्ड उप्रेती हुन् भने यसमा आष्मा पोखरेल, इतुसा पोखरेल र अविनास लामाले क्यामेरा सह निर्देशनमा साथ दिएका छन्।  त्यस्तै गीतमा सूर्य ब. शाही, युविना भट्टराई, जगदिश हमाल, शोभा शाही, छिरिङ लामा र सदिक्षा रोकायले अभिनय गरेका छन्।

मंगलबार हमालको जन्म दिनको अबसरमा फस्र्ट फ्याक्ट्रिबाट रातो टालोको पोष्टर सार्बजनिक गरिएको थियो। छिप्रा गाउँ हुम्लाका २७ वर्षे तन्नेरी हमालले बनाएको यस भिडियोले हुम्ला जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्‍याउने छ।’

‘रातो टालो’ फ्रेबुअरी १४ अर्थात् प्रेम दिवस (फागुन २) का दिन काठमाडौंमा प्रदर्शन गरिँदै छ।

हेर्नुहोस् यस्तो छ प्रोमो

प्रकाशित मिति: : 2020-02-13 23:40:02

प्रतिकृया दिनुहोस्