सावित्राले हात पारिन् सर्वाधिक गोलकर्ताको उपाधि

नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भारतको महिला लिग फुटबलमा सर्वाधिक गोलकर्ताको उपाधि जितेकी छिन्।

च्याम्पियन टिम गोकुलम केरेलाबाट लिग खेलेकी सावित्राले ७ खेलमा १६ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन्।

 उनले बैंगलोरमा शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै गोकुलमलाई उपाधि जिताउने क्रममा खेलको ८७ औं मिनेटमा एक गोल गरेकी थिइन्। 

यता दोस्रो स्थानमा रहेकी सन्ध्याले १३ गोल गरिन्।
 

प्रकाशित मिति: : 2020-02-15 09:51:27

प्रतिकृया दिनुहोस्