आजसम्म मलाई महिनावारी हुँदा किताब छोएर कहाँ पाप लाग्यो?

 केही नगरीकन। राति गोठमा बत्ती नभएकोले पढ्न पाउँदैनथेँ अनि झ्यालबाट बाहिर हेर्थे। हाम्रो घर गोठ केहि अग्लो ठाँउमा थियो त्यहाँबाट हेर्दा तल धेरै घर धुरीहरू लश्करै देखिन्थे। मैले घण्टौसम्म घरका धुरीहरू हेरेकी थिएँ जूनको उज्यालोमा। बिना कुनै ठोस उद्देश्यले।

जाडो महिनाको समय आमाले अँध्यारोमा नै तातोपानी तताएर ल्याईदिनुहुन्थ्यो नुहाँउनलाई। अँध्यारोमा नै एकपटक फेरि ति धुरीहरूलाई हेरेर सन्तुष्ट भई म माथि उक्लन्थेँ। त्यो कोठाको भूगोलमा कैद मेरो अस्तित्व र बाहिर उन्मुक्त भई उड्न खोज्ने मनले पन्ध्र दिनपछि मुक्ति पायो कारागारबाट।

घामको स्पर्श नपाएकीले होला म पहेली भएकी थिएँ। सबैभन्दा बढी खुशी स्कूल जान पाइने भयो भन्ने कुरामा थियो। बिस्तारै सबै कुरा सामान्य हुँदै गयो। मनभित्र गुम्फित यो कुरा मैले कतै भन्ने दुस्साहस गर्न सकिन। यो घटनाले मलाई सबै याद दिलायो। थाहा छैन् आजसम्म मलाई महिनावारी हुँदा किताब छोएर कहाँ पाप लाग्यो?

अनि मैले बाहिर हेरेर के भयो ? किनकी जीवनमा आजसम्म त्यस्तो कुनै कुरा घटेको छैन् जस्तो लाग्छ। जब केहि नै हुने रहेनछ त यस्ता वाहियात कुरालाई बिरालो थाममा बाँधेर श्राद्ध गरेजस्तो नियम बनाई किन पालना गर्नुपर्ने त्यही बुझिन मैले आजसम्म समाजमा नियम हुनु जरूरी छ जसले मान्छे सहिमार्गमा हिँड्छ भन्ने अवधारणाको बिरोधमा उत्रिएकी पक्कै होइन्।

केवल महिलाले मात्रै पालना गर्नुपर्ने नियम बनाएर समाजलाई अनुशासित बनाउन खोज्नु कति सम्म जायज हो भन्ने कुरातर्फ ध्यानाकर्षण गराउन खोजेकी हूँ।

अनावश्यक नियमको चौबन्दी भिराएर महिलालाई मात्रै हरेक पटक निष्क्रिय बनाउने प्रपञ्चको भने म घोर विरोध गर्छु। अशिक्षित मात्र होइन शिक्षित वर्ग समुदायमा पनि एउटा चमत्कारिक अन्धविश्वासको जुन जालो लागेको छ त्यो हटोस र सुन्दर समाजको स्थापना हुन सकोस धरातलीय ऐनाले नारी र पुरूषमा कुनै विभेद नतेस्र्याओस म यहि चाहन्छु।

६/७ दिनदेखि अनुपस्थित अर्की छात्राको बारेमा सोधीखोजी गर्दा एउटी छात्रा नजिकै आइन् र मेरो कानमै मुख जोडिन्। अनि बिस्तारै बताइन् पहिलोपल्ट महिनावारी भएर पढ्न नआएको कुरा।

इतिहास दोहोरिन्छ हरेक पटक कथाको रूप धारण गर्दै कसरी सोचलाई परिवर्तन गर्ने भन्नेतर्फ सोच्ने बेला भएको छ अब। अस्तु

प्रकाशित मिति: : 2020-02-15 22:15:00

प्रतिकृया दिनुहोस्