अवैध रुपमा सीमा पार गर्ने  तीन  हजार भन्दा बढी मेक्सिकोको जेलमा

एजेन्सी

मेक्सिको

मेक्सिकोको सीमा पार गर्ने  तीन हजार जना भन्दा बढीलाई मेक्सिको जेलमा राखेको जनाएको छ। 

मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट अवैध रुपमा सीमा पार गरिरहेको अवस्थामा ३ हजार ८०  जना  नागरिकलाई नियन्त्रणमा लिई थुनामा राखिएको जानकारी मेक्सिकोको सरकारले दिएको छ। 

ती नागरिक मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट सीमा पार गरेर ग्वाटेमाला जाने तयारीमा रहेका थिए। मेक्सिकाली आप्रवासन कार्यालयले शुक्रबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको बताइएको छ। 

यसअघि ‘२०२० क्याराभान’ नामबाट होन्डुरसतर्फ जाने कार्यक्रम रहेको र सोही बमोजिम सयौँ व्यक्ति त्यसतर्फ छिरेका थिए। तर पनि मेक्सिकाली सरकारले त्यो अभियानमा उनीहरुमात्र नरहेको भन्दै दक्षिणी सीमाबाट पार गरिरहेका नागरिकलाई नियन्त्रणमा लिएको शुक्रबार जानकारी दिएको छ। 

प्रकाशित मिति: : 2020-02-16 03:58:47

प्रतिकृया दिनुहोस्