उपाधिका लागि मछिन्द्र र आर्मीबीच भएकाे घम्साघम्सी (फोटो फिचर)

शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शहीद स्मारक ए डिभिजन लिग २०७६ को उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब भिडे। यो खेल जसले जित्दा पनि पहिलोपटक लिग उपाधि जित्ने इतिहास रच्ने अवसर बन्थ्यो। आर्मीका लागि खेल बराबरी गर्दा नै पुग्थ्यो।

तर आर्मीले यो मौका खेर फ्याल्यो। ३३औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। उनको फ्रिकिक विकास तामाङलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो। उक्त गोल नै खेलको लागि निर्णायक भयो।

तर बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाइते भएका थिए। उनी घाइते भएपछि खेल झन्डै १० मिनेट रोकिएको थियो। खेल्न नसक्ने भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो। 

खेलमा आर्मीको तुलनामा मछिन्द्रका खेलाडीले बलियो प्रदर्शन गरे।  निकै रोचक भएको उपाधि भिडन्तमा दुई टिममा खेलाडीले आफ्नो सक्दो जोड लगाए। दुबै टिमको सशक्त प्रदर्शनले खेल ‘फाइनल’कै रुपमा देख्न पाइयो।

प्रकाशित मिति: : 2020-02-16 11:16:20

प्रतिकृया दिनुहोस्