ला लिगा: साविक विजेता बार्सिलोना दोस्रो स्थानमा

साविक विजेता बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेर पहिलो स्थानको रियल म्याड्रिडलाई पछ्छाइरहेको छ।

उसले घरेलु मैदान क्याम्प नोउमा शनिबार राति भएको खेलमा गेटाफेलाई २–१ गोल अन्तरले हरायो।

बार्सिलोनाको जितमा एन्टोनियो ग्रिजम्यान र सेर्गी रोबर्टोले एक एक गोल गरे। यता गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए।

खेलको ३३ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। उनले कप्तान लिओनल मेसीको पासमा गोल गरेका थिए।

यस्तै ३९ औं मिनेटमा बार्सिलोनाले खेलमा दोब्बर अग्रता बनायो। उसका लागि रोबर्टोले गोल गरेका थिए। उनले सब्सिच्युट खेलाडी जुनियर फिर्पाेको पासमा गोल गरेका थिए।

पहिलो हाफ २–० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल खायो ।

६६ औं मिनेटमा रोड्रिगेजले एक गोल फर्कायो। तर बाँकी समयमा गोल हुन नसक्दा बार्सिलोनाले २–१ गोल अन्तरको जित हात पार्यो।

जितसँगै २४ खेलमा ५२ अंक जोडेको बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक बराबरी गरेको छ ।

एक खेल कम खेलेको रियलको पनि ५२ अंक रहेको छ।

लिगमा ४२ अंक जोडेको गेटाफे तेस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-02-16 11:28:42

प्रतिकृया दिनुहोस्