महराको पक्षमा ३७ जना बरिष्ठ अधिवक्ताको वकालत

बिएल संवाददाता

काठमाडाै‌ं

प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ भइरहेको छ। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ भइरहेको छ।

महराको पक्षमा ३७ जना बरिष्ठ अधिवक्ताले वकालत गरिरहेका छन। महराको पक्षबाट भिमार्जुन आचार्य, शेरवहादुर केसी, पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ लगायतका चर्चित अधिवक्ताले समेत बहस गरेका छन।

महरा पक्षका कानुनव्यवसायीको बहस सकिए आजै फैसला हुनसक्ने अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए। उनले बलात्कार प्रयास गरे या नगरेको फैसला हुनेछ। यदि उनी दोषी ठहरिए जेल सजाय तोकिने छ।

यसअघि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि सदर गरेको थियो। तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए। 

प्रकाशित मिति: : 2020-02-17 03:32:42

प्रतिकृया दिनुहोस्