महराले भने– अदालतप्रति विशेष आभार व्यक्त गर्न चाहान्छु

निवर्तमान सभामुख  कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको प्रतिक्रिया दिएका छन् ।

महरालाई  जिल्ला अदालत काठमाडौंले आजै सफाई दिएको थियो।  डिल्लीबजार कारगारबाट निजी निवास खुमलटार पुगेलगत्तै महराले अदालतप्रति विशेष आभार व्यक्त गरेका छन।

विज्ञप्तिमा भनिएको छ, ‘अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाई दिएको छ । म सम्मानित अदालतप्रति विशेष आभार एवम् धन्यवाद व्यक्त गर्न चाहान्छु ।’ उनले तत्कालीन सभामुखको जिम्मेवारीमा रहँदा लगाइएको एमसीसी प्रकरणको समेत घुमाउरो ढंगले जवाफ दिएका छन।

उनले भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सँधै थियो,अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सँधै रहिरहनेछ ।’ 

प्रकाशित मिति: : 2020-02-18 09:15:28

प्रतिकृया दिनुहोस्