च्याम्पियन्स लिग: अन्तिम १६ को खेलहरु आजबाट सुरु

बिएल संवाददाता

काठमाडाै‌ं

युएईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलहरु मंगलबारबाट सुरु हुँदैछ।

लिग अन्तर्गत मंगलबार राति अन्तिम १६ को पहिलो लेगका तीन खेल हुँदैछ। पहिलो खेलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब एट्लेटिको मड्रिड तथा दोस्रो खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बोरुसिया डर्टमण्डबीच खेल हुनेछ।

साविक विजेता समेत रहेको लिभरपुलले एट्लेटिकोको घरेलु मैदानमा खेल्नेछ। खेल राति १ः४५ बजे सुरु हुनेछ।

लिभरपुल घरेलु टोलीलाई हराउँदै क्वाटरफाइनल नजिक पुग्ने चाहन्छ। आजको खेल जितेमा लिभरपुल क्वाटरफाइनल नजिक पुग्ने छ।

यस्तै डर्टमण्ड र पीएसजीबीचको खेल समेत राति १ः४५ बजे सुरु हुनेछ। खेल डर्टमण्डको मैदानमा हुनेछ।

फ्रेन्च लिग लिडर पीएसजी डर्टमण्डलाई हराएर च्याम्पियन्स लिगको अर्को चरण नजिक पुग्न चाहन्छ। यता, डर्टमण्ड भने घरेलु मैदानमा पीएसजीलाई हराउँन चाहन्छ। युवा फरवार्ड होलाण्ड भित्रिएपछि डर्टमण्ड निकै लयमा रहेको।

प्रकाशित मिति: : 2020-02-19 00:39:20

प्रतिकृया दिनुहोस्