नर्वेका युवा फरवार्ड अर्लिङ हालाण्ड प्रेरित बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई पराजित गरेको छ।
मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा डर्टमण्डले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो।
डर्टमण्डकाे जितमा हालाण्डले दुई गाेल गरे। यता पीएसजीका लािग नेयमारले सानत्वना गाेल गरेपनि प्रयाप्त बनेन।
पहिलो हाफ दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए ।
तर हालाण्डले खेलकाे ६९ औँ मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए। पीएसजीका नेयमारले ७५ औँ मिनेटमा पाहुना टोलीका लागि बराबरी गोल फर्काएका थिए।
लगत्तै दुई मिनेटपछि ब्यक्तिगत दोस्रो गोल गर्दै हालाण्डले डर्टमण्डकालागि विजयी गोल गरे।
करिब चार खेलको बिश्रामपछि केलियन एम्बाप्पे समेत मैदान फर्किएका थिए। तर पीएसजीका लागि कुनै जादु भने देखाउन सकेनन्।
अब दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा मार्च ११ मा हुने।