ईरिक्सन र लुकाकुको गोलमा ईन्टरको जित

ईन्टर मिलानले खेलमा युरोपा लिगको अन्तिम ३२ को खेलमा जित हासिल गरेको छ।

बिहिबार राति भएको अन्तिम ३२ को पहिलो लेगको खेलमा ईन्टरले बुल्गेरियाको क्लब लुडोगोरेट्स रेजग्रेडलाई २–० ले पराजित गरेको हो।

ईन्टरको जितमा टोटेनह्यामका पूर्व स्टार क्रिस्टियन ईरिक्सनले गोल गरे। उनी यसै बर्षको सुरुवातमा सिरि ए क्लब आएका थिए। अर्को गोल प्रियिमर लिग क्लब म्यानचेष्टर युनाईटेडका पूर्व स्टार रोमेलु लुकाकुले गरे।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दुबै गोल दोस्रो हाफमा भएको थियो।

७१ औँ मिनेटमा गोल गर्दै ईरिक्सनले ईन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए। लुकाकुले ईन्जुरी समयमा गोल गर्दै पहिलो लेगको खेलमा ईन्टरको जित पक्का गरेका थिए।

दोस्रो लेगको खेल ईन्टरको घरेलु मैदानमा हुनेछ।


 

प्रकाशित मिति: : 2020-02-21 20:37:50

प्रतिकृया दिनुहोस्