जोर्डन हेण्डरसन पावर र्‍याङकिङको शीर्ष स्थानमा

बिएल संवाददाता

काठमाडाै‌ं

लिभरपुलका मिडफिल्डर जोर्डन हेण्डरसन खेलाडी पावर र्‍याङकिङको शीर्ष स्थानमा यथावत रहन सफल भएका छन्।

स्पोर्ट्स मेलले निकालेको इंग्लिस प्रिमियर लिग फुटबलको र्‍याङकिङमा हेण्डरसन शीर्ष स्थानमा यथावत रहन सफल भएका हुन्।

यस्तै पावर र्‍याङकिङको दोस्रो स्थानमा म्यानचेस्टर सिटीका केभिन डी ब्रुयन यथावत रहेका छन्।

लिभरपुलका मोहमद सलाह तेस्रो स्थानमा यथावत छन्। उता लिभरपुलकै रोबर्टो फिर्मिन्होको स्थान भने घटेको छ। उनी चौंथो स्थानमा रहेका छन्। 

पावर र्‍याङकिङको पाँचौं स्थानमा लिभरपुलका भिर्जिल भान डाइक रहेका छन्।

यस्तै छैटौं स्थानमा टोटनह्यामका सन ह्युङ मिन रहदा सातौं स्थानमा लिभरपुलका साडियो माने रहेका छन्।

र्‍याङकिङको आठौं स्थानको आर्सनलका डानी सेबालोस, नवौंमा एभर्टनका यरी मिना र दशौँ स्थानमा म्यानचेस्टर युनाइटेडका फ्रेड रहेका छन्।

प्रकाशित मिति: : 2020-02-22 05:02:29

प्रतिकृया दिनुहोस्